बिद्रोह
बोल्यो भनेर कबितामा
अनि अखवारका पानाहरुमा
मेरो कलमको ढकनी
बन्द गरिदिएका छन मुखियाले ।
एकार्थमा त
उनकै दुस्कर्महरू औल्याएर
हरफहरु कुर्लिंदा कबिताका
पानाहरू छापिंदा अखवारका
उनको पोल्टामा
सुध्रिने/ सुधार्ने अबसरहरु
पारेकै हो कलमले ।
आज
किन हो कुन्नी
मेरो कलमको यो हबिगत
बनाए मुखियाले
सत्रु-मित्र नखुट्याउने
एउटा नराम्रो आदत बसेको छ
मुखिया परिवारको सदियौदेखी ।
बिद्रोह
नलेखिंदा कबितामा
नछापिंदा अख्वारमा
सिमित छ संगाल्नुमै,
कुनै दिन
तोडेर मौनताका बंधनहरु
ज्वालाहरू बिस्फोट हुंदा
बिद्रोह कबितामा र अखवारमा मात्रै
सिमित नरहेपछि
बल्ल अर्थ बुझ्लान मुखियाले
बन्द कलमहरुको ,
अनि मर्म बुझ्लान
मेरो कबिताको , मेरो अखवारको ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment