Monday, January 25, 2010

गजल सान्निध्यको लागि

तस्वीर धमिलो भैसक्यो ।
विगत चोटिलो भैसक्यो ।

भेटघाट हुदैन आजकल,
बिर्सन सजिलो भैसक्यो

खै कुन खुसिको खोजीमा,
जिन्दगी बोझिलो भैसक्यो ।

हामीले पोल्टामा सारेको ,
'सौगात' गतिलो भैसक्यो।

मिलन होला की नहोला ??
बिछोड असिलो भैसक्यो ।